नेपाली संगीतमा सक्रिय बन्दै गरेकि रुक्साना लिम्बुको नयाँ सिर्जना सार्वजनिक भएको छ। शब्द र संगीत दुवै रुक्सानाकै रहेको यस गीतमा, उनी आफ्नो गहिरो भावनात्मक अभिव्यक्तिसँगै सर्जकको रूपमा पनि प्रस्तुत भएकी छिन्।

गीतको निर्देशन, छायांकन, सम्पादन तथा ड्रोन शुटको सम्पूर्ण जिम्मेवारी मिशाल राईले सम्हालेका छन्, जसले गीतलाई दृश्यात्मक रूपमा सशक्त बनाएको छ। ओतहाङ लावतीले सह-निर्देशकको भूमिकामा उल्लेखनीय साथ दिँदै गीतको दृश्य संरचनालाई जीवन्त बनाउन योगदान पुर्याएका छन्।

संगीत संयोजन, मिक्सिङ र मास्टरिङमा अनुभवी सागर संसार राईको हात रहेको छ। गिटारमा सञ्जीव बराइली र राहुल बिस्वकर्मा, तथा बाँसुरीमा रत्न बिकको प्रस्तुति गीतमा भावनात्मक गहिराइ थप्न सफल देखिन्छ।

गीतको रेकर्डिङ माहोल स्टुडियोमा गरिएको हो। सम्पूर्ण टिमको समर्पण, मेहनत र कलात्मकतालाई दर्शक–श्रोताले मन पराउन थालेका छन्।

आधुनिक प्रविधिको प्रयोग, मौलिक शैली, र भावनात्मक गहिराइयुक्त यस गीतले छोटो समयमै सकारात्मक प्रतिक्रिया बटुल्दैछ।