भयो तिमी समीप मेरो होस हरायो
चाहे झै सोचेझै बोल्न जोस हरायो
पोख्न मन थियो मनको भावना सबै
देखेसी मनको गाठोखोल्ने शोक हरायो
फोनमा छोडी भेटमा भन्छु भेन्ने चाहान
भेटेसि आज तिम्लाई मेरो सोच हरायो
तिम्रो रापले हिउँ पग्लेझै पग्लिए कि केहो
सामिप्यमा रहदा होसिका जोक हरायो ||