-दिपेन्द्र थामी
आई लाखौं लाख सेना अंग्रेज,
बारूद गोला सव प्रहार गर्दा पनि!
नेपाली हौ धन्य वीरहरू तिमी,
खुकुरी खुडाको भरमै हँदा पनि!!
अंग्रेजसँग छपछप खुकुरी भिड्दै
साहसी वीर धन्य रति नै नडराई !
सव अंग्रेज विजय पार गऱ्यौ,
ढलाई हजारौ शत्रु ठिंगो’ रह्यो !!
डराई सव लोक अंग्रेज लुकलुक,
शिर मुड ए वीर नेपाली भन्दापनि!
देखाई कयौं पदको लालच गरी,
सव सारा पत्र हातमा थमाउदानी!!
नेपाली हँ शीर मुडिन्न कहिल्यै,
उच्च छ शीर सगरमाथा झै जहिल्यै!
उत्तर यहि फर्काइ सव अंग्रेजलाई,
सब सारा पत्र धुजाधुजा पादै!!
बचायो नेपाल नेपालीको इज्जत
रच्यौ छुट्टै वीर नेपालीको इतिहाँस !
धन्य वीर विरता छ तिम्रो अपार
हे वीर प्राण नै सुम्पी बचायौ नेपाल!!