तीजको अवसरमा नयाँ लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरिएको छ। उक्त गीतले परम्परागत तीज संस्कृति र आधुनिक संगीत को प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने कोसिस गरियको छ।

गीतमा लोकप्रिय गायिका सुनिता कटुवालको सुमधुर स्वर सुन्न पाइन्छ भने बिष्णु भट्टले शब्द र संगीत सिर्जना गरेका हो भने गीतलाई देबेश राईले आकर्षक रूपमा एरेञ्ज र मिक्सिङ/मास्टरिङ गरेका छन्। गीतको रेकर्डिङ ‘सेवा रेकर्डिङ’ स्टुडियोमा योगेश मुकुरुङ राईले सम्पन्न गरेका हुन्।

भिडियोमा दीपा शाही र टेक बि.सी. ले आकर्षक अभिनय र नृत्य प्रस्तुत गरेका छन्। कोरियोग्राफी तथा निर्देशन विशाल कैनीले गरेका हुन् भने छायांकन कार्य महेश महरा भिडियोको उत्पादन शिरीष खड्काले गरेका हुन ।

गीतमा विशेषगरी तीजको रमाइलो माहोल, नारीहरूको दुख-सुख साटासाट गर्ने मेलोमेसो, परम्परागत नृत्य शैली र भावनात्मक पक्षलाई उजागर गरिएको छ। भिडियो —
१) भदौरे झरी दर्कियो, त्यहि बालापन फर्कियो।
नाचियो संगी धितमारी, बारुले कम्मर मर्कियो।
म त छमक ३नाँचेँ सँगिनी ,रातै चोलिमा रँगिनि ।
२) आँखैमा गाजल लाकी छु, तीजभरि म मात्रै छाकी छु।
हेरिदेउ स्वामी एकफेरा, म कस्ती राम्री भाकी छु।
म त ढलक ३ नाँचे सँगिनी, कतै सारीमा रँगिनि।
३) गैगयो आधा उमेर, दुःख र सुखमै घुमेर।
आउ चाँडै साइँली एमाइँली, नाँचौँन आज झुमेर।
मत छमक ३ नाँचे सँगिनि, रातै चुरा मा रँगिनि।
४) नारीहरूको मेलामा, खुसिमा झुमेको भेलामा।
दुख र सुख साटौँ है, भेटघाट जुरेको बेलामा।
मत ढलक ३ नाँचे सँगिनी ,रातै डोरिमा रँगिनि
५) मनमा मनको मालिछ, तर यो सिउँदो खालि छ।
कुरेको मान्छे भेटाउन , जुरेको यसै पालि छ।
म त छमक ३ रातै टिकियामा रँगिनि।
६)औँसि पछिको पुर्ने हो,लौ अब कति दिन कुर्ने हो।
भनिदेउ शिव सुटुक्कै, लगन कैले जुर्ने हो।
म त ढलक ३ रातै सिउँदोमा रँगिनि।
जय जय जय जय जय जय जय भोला ……..