म तिम्रो दुखमा दुख्दौ म तिम्रै हारमा हुन्छु

बसन्तइ बाघ मा नभै बसन्ती जारमा हुन्छु
म तिम्रै ढुक ढुकिमा हुने झङ्कारमा हुन्छु

कतै आधी हुरि आइ तिम्लाइ सताय कान्छू
मलाइ सम्झिनु झट्टै म त्यही जङ्घारमा हुन्छु

सबै हास्छ्न सबै बोल्छ्न तिम्रो हर जिताइमा
म तिम्रो दुखमा दुख्दौ म तिम्रै हारमा हुन्छु

यसो हेर्दा नभेटियमा नजानुहै कतौ टाडा
म तिम्लेनै रचिदियको मध्य सन्सारमा हुन्छु |

Leave a Reply

Back To Top