तिमि प्रकृति रहिछौ,
बडा आनन्द आँउछ
तिम्रा अनेकतामा रुमल्लिदाँ
एकछिन बिचरण गर्दा ।।
स्वभाव को के कुरा गरौ,
चिरिबिरी बोलि तिमि मै रहेछ
बेसुर भर्इकन पनि संगितमय लाग्छ
स्वतन्त्र पंछीसग तुलना गरे
किनकि मन परेकी छौ।।
तिमि घना जंगल रहिछौ
शितल लाग्छ, फेरी सुन्दर जो छ
मैले त्यसरी पो तुले तिमिलाई
किनकि मलाई मन जो परेउ।।
हो अग्ली पहाड हौ तिमी
छिन-छिन मै सुस्केरा हाल्नको मज्जा बेगलै छ
आखिर सधै उकालो ओरालो
तिमि सँगै गर्नु जो छ
त्यसरी नै हेरे जसरी मन परेउ।।
झरना/खोला हौ तिमि
निश्चल अनि निरन्तर बग्दछौ मनमा
सम्झनामा डुब्नुमा जो मज्जा छ
डुबेर भिज्ने रहर जो तिमि भित्रै छ
हो, यसरी नै बगाये
मेरा मनका चाहनाहरुलाई
जसरी तिमि मन परेउ।।
तिमि प्रकृति हौ, तिमि सुन्दर छौ।।
तिमि सुन्दर छौ र त प्राकृतिक छौ।।
-रबिन कोइराला