लोक तथा आधुनिक गायन विधामा आफ्नो पृथक पहिचान बनाउँदै आएकी गायिका इन्द्रकला राईको नयाँ गीत ‘जुन हेर्दै’ सार्वजनिक गरिएको छ। सुमधुर स्वर, मर्मस्पर्शी शब्द र उत्कृष्ट संगीत संयोजनले सजिएको यो गीत अहिले संगीतप्रेमीको ध्यान आकर्षित गरिरहेको छ।
गीतमा शब्द सर्जक विकास संगम राई का भावुक र गहकिला रचना छन् भने संगीत सागर संसार राईले गरेका छन्।यो गीत महोल स्टुडियो (अनामनगर, काठमाडौं) मा रेकर्ड गरिएको हो। अडियो मिक्सिङ तथा एरेञ्जमेन्ट पनि सागर संसार राईले नै सम्हालेका छन्।
रेकोर्डिस्टको भूमिकामा डीजे मेवाहाङ रहेका छन्। गीतको सम्पूर्ण अडियो पक्ष महोल स्टुडियोमा तयार गरिएको हो।
‘जुन हेर्दै’ गीतले प्रेम र पर्खाइका संवेदनशील भावनाहरूलाई सुन्दर ढंगले उजागर गरेको छ। इन्द्रकला राईको मिठासपूर्ण स्वरले गीतलाई अझ जीवन्त बनाएको छ।