अतितको सम्झना तिमि…
भोलिको चाहाना तिमी …
मनको कुनामा
स्वर बनि गुञ्जिनु तिमी।
म सङ्ग नै रहेर
चरि बनि उड्नु तिमी
आकाश हुदै
चन्द्रमा नै छुनु तिमी …
मेरो प्यारो तिमी…
मेरो संसार तिमी…
हर स्वासभित्र बाँच्ने,
मेरो शास सरी तिमी…
मात्र तिमिनै तिमी
फुल बनियर आययौ तिमी
म सङ्ग नै हुनु तिमी।
शान्त बिहानिको किरण बनी
मनभित्र रमाउनु तिमी।
मेरो सपना मेरो अप्सरा तिमी,
मेरो स्पर्श लाइ नै छुनु तिमी।
मेरो प्यारो तिमी…
मेरो जीवन तिमी…
हृदयभित्र गुञ्जने
सुमधुर गितसरि तिमी…
मात्र तिमिनै तिमी
- बिपना श्रेष्ठ