महङ्गीको मार

आजको बजार एकाधिकार छैन , मोलमोलाइको बजार हो ।
बजार जाउँ त ! एक पलाष्टिक सामान आउँदैन , हजारको ॥
महङ्गी बढ्ने कारण एउटा , विदेशी सामानको आयातले ।
देशमा हुने , अशान्ति हिंसा , बन्द तोडफोडको सहायताले ॥

एकै ठाउँमा मान्छेको चाप बढ्नाले , महङ्गीले आकाश छोएको ।
कहिले देख्छ, हेर्छ बुझ्छ सरकारले गरिब जनताहरू रोएको ॥
महङ्गी बढ्नुको कारण अर्को , उत्पादनमा आउनु कमी ।
एक रूपियाँले पेट भरिन्थ्यो , भन्दै कथा सुनाउनु हुन्छ ममी ॥

दैनिक आवश्यकताका कुरामा नि ! परनिर्भरता हाम्रो देशमा ।
बिचौलियाका कारण आकाशीयो महङ्गी , हाम्रो देशमा ॥
घटना घटोस् कहीँ कतै , व्यापारी मुल्य वृद्धि गर्न थाल्दछन् ।
यस्तै महङ्गी बढ्दै गए , गरिबले के ! गरी ज्यान पाल्दछन् ॥

भ्रष्टाचार नै ! मुख्य कारण महङ्गी माथिमाथि बढ्नुमा ।
परनिर्भरताको कुरै छाडौँ , महङ्गी उकालो चढ्नुमा ॥
उपभोक्ता जागुरूक छैनन् , यहाँ सहनशीलता भै बस्दछन् ।
बीस पैसा महँङ्गी बढे , विदेशमा जनता सबै सडक पस्दछन् ॥

सडकदेखि सदनसम्म , हेर्नु महङ्गी छ धेरै धेरै तगडा ।
महङ्गीकै कारण हर घरका , चुलोमा बढेको छ झगडा ॥
पाइप पाइपमा ग्याँस पुर्याउँछु , भन्दै सरकार हसाउँछ ।
हर गरिबीको पेट भर सरकार , बल्ल मेट्रोरेल आउँछ

-लक्ष्मी रेग्मी ` खनाल ´
वालिङ नगरपालिका – १४
स्याङ्जा

Back To Top