देश र जीवन बोल्ने तीन मुक्तक

मुक्तक १

सरकार बनाेस् एकलाैटी वा नबनाेस्,
मातृभूमि विदेशकाे लँगाैटी नबनाेस् ।
आशै आशामा मतपत्र वर्षा सागरझै,
नायक पराधिनकाे रखाैटी नबनाेस्।

मुक्तक २

द्वार प्रवेश गर्दा, बिचरा बन्याे ऊ
छनक उधुमका, सितारा बन्याे ऊ।
मान मनिताेलाई, संझियाे विजय,
मात उम्लिएर नै, बिगारा बन्याे ऊ ।

मुक्तक ३

गहका आँसु, पियाई नहेर,
मर्याे कि बाँच्याे, चियाई नहेर ।
नजाने गाउँकाे, बाटै बन्द गरे भाे,
जसरी बाँचूँ म, जियाई नहेर ।

फेस्बुक कबि
पुन्य प्रसद घिमिरे

slot deposit 1k

Back To Top