घर हाम्रो भोजपुर’ सार्वजनिक, भोजपुरको माटो–संस्कृति बोल्ने नयाँ गीत

भोजपुरको पहिचान, माटोको सुगन्ध र जन्मभूमिप्रतिको आत्मीयता बोकेको नयाँ गीत ‘घर हाम्रो भोजपुर’ सार्वजनिक गरिएको छ। गीत हालै युट्युबमार्फत दर्शक–श्रोतामाझ आइ सकेको छ ।

गीतका शब्द बिमल खेवाछाली सुलोभले लेखेका हुन् भने संगीत मनोज सांग्सोन राईले दिएका छन्। गीतमा मनोज सांग्सोन राई र जुनी खालिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ।

‘घर हाम्रो भोजपुर’ गीतले भोजपुर जिल्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र गाउँघरप्रतिको माया–आत्मीयतालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। सरल शब्द, मन छुने लय र स्थानीय भावनाले भरिएको यो गीतले भोजपुरवासी मात्र नभई आफ्नै जन्मभूमि सम्झने सबै श्रोताको मन छुने अपेक्षा गरिएको छ।

गीत सार्वजनिक गर्दै सर्जक मनोज सांग्सोन राईले दर्शक–श्रोताहरुलाई आफ्नो अमूल्य समय मिलाएर गीत हेरी साथ दिन आग्रह गरेको गर्नु भयको छ । गीत युट्युबमार्फत उपलब्ध रहेको छ

स्थानीय सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘घर हाम्रो भोजपुर’ गीतले पछिल्लो समय मौलिकता खोजिरहेका नेपाली संगीतप्रेमीमाझ सकारात्मक चर्चा पाउने विश्वास लिइएको छ।

Back To Top