‘कामको मान श्रमको सम्मान ‘ श्रमिक दिवसमा समर्पित-

-रोशन अधिकारी

कर्म अर्थात काम जस्ले मान्छेलाई जिउन सिकाउछ । बाच्न सिकाउछ । काम नगरी हाम्रो जीवनको कल्पना नै गर्न सकिदैन । काम बेगर खान लाउन बस्न हामिले सकिदै ! अनि हामिले गर्ने काम नै हाम्रो परिचय पनि हो । मान्छे नामले नभै कामले चिनिन्छ । त्यसैले त भनिन्छ जो मान्छेको काम नै उसको नाम हो । उस्को पहिचान हो ।

हामीले आफूलाई परिवर्तन गर्न र समाजलाई रूपान्तरण गर्न, सधै सकारात्मक सोच र सही काम आवश्यक हुन्छ । कर्ममा दृढता चाहिन्छ । मेहनत गर्नुपर्छ । हरेक सफलताको पछाडि ठूलो मेहनत लुकेको हुन्छ । हरेक असफलता पछाडि ठूलो अनुभव जोडियको हुन्छ । मेहनती हातले जब आत्मविश्वास र निरन्तरता बोकेर अघि बढ्छ तब असफलताहरू पनि सफलता बन्न पुग्छन् । हर असफलता नै सफलता को प्रतिक हो ।

आजको दिन मे १ श्रम दिवस हो भनै कर्म गर्ने लाइ सम्मान गर्ने दिन । कामलाई जीवनको जिउने कला मानेर मनाइने यो दिन श्रमिकहरूको योगदानलाई स्मरण गर्ने अवसरमा केहि उदाहरणहरु । जीवनका बास्तबिक कथाहरु

०.शारदा राइ (खोटाङको रावाबेँसी गाउँपालिका–२
घरमै उपलब्ध लप्सी अमला अदुवा टिमुर आदि प्रयोग गरी अचार बनाउने सीप विस्तार गर्दै २०७७ सालदेखि लिच्छवी अचार उद्योग सञ्चालन गर्दै आएकी छन्। झण्डै मासिक रु. ५०,००० भन्दा बढी आम्दानी गर्दै ८ जना महिलालाई रोजगारी दिएकी छन् ।
पसलमा पाउने अचार आफ्नै गाउँबाट पाउदा हर महिलाले आफ्नो शक्ति चिन्न सक्नु पर्छ ।

०.गोपाल राई (सिम्पानी खोटाङ)
ईँटा बोकेर काठमाडौं आएका गोपाल अहिले श्रमिक आपूर्ति कम्पनीका मालिक छन्। उनले ४० जनाभन्दा बढीलाई रोजगारी दिएका छन्।

०.विष्णुबहादुर खड्का (रावाबेँसी, खोटाङ)
एक समय वैदेशिक रोजगारमा गएका विष्णु खड्का फर्केर गाउँमै ट्राउट माछा पालन सुरू गरे। अहिले उनले २० जनालाई स्थानीय रोजगारी दिएका छन्।

०.मञ्जु राई (खोटाङ बजार)
घरधुरीमा सीमित रहेकी मञ्जुले सिलाई-कढाईको सीप सिकेर गाउँमै महिला समूहको सह–संचालक बनिन्। उनीले ३० भन्दा बढी महिलालाई सीप सिकाएकी छन्।

०.नारायण लिम्बू (लामीडाँडा, खोटाङ)
सवारी चालकका रूपमा काम गरेका नारायणले अहिले आफ्नै साना व्यवसाय सञ्चालन गरिरहेका छन्। उनको सादा भनाइ: “श्रम गरेपछि जिन्दगीमा फर्क आउँछ।”

०.शारदा थापा (नेर्पा, खोटाङ)
शारदा गाउँमै महिला श्रमिकहरूको हकअधिकारको लागि लड्दै आएकी एक सक्रिय सामाजिक अभियन्ता हुन्। उनी महिला श्रमिक सहकारी सञ्चालनमा संलग्न छिन्।
प्रेम बहादुर मगर
०.प्रेम मगर (हलेसि खोटाङ )
२०६० सालतिर भारतको मुम्बैमा मजदुरी गर्न गएका प्रेम मगरले त्यहाँ फलफूल बेच्ने अनुभव लिए।
अहिले हलेसी बजारमा ठूलो फलफूल पसल सञ्चालन गर्दै ५ जना युवालाई काम दिएका छन् ।

०.टिका राई (खोटाङ बजार )
काठमाडौंमा घरेलु काम गरेकी टिका राईले सिलाइ-कढाइ सीप सिकेर खोटाङ फर्केपछि महिलालाई प्रशिक्षण दिन थालिन आहिले ५० भन्दा बढी महिलालाई स्वरोजगार दिलाइसकेकी छन

०.हरिकाजी बस्नेत ( लामीडाँडा खोटाङ)
पहिले अरूकै खेत जोत्ने हिराकाजि कृषि सहकारी मार्फत ७० परिवारलाई संगठित गरी तरकारी उत्पादन र बजार व्यवस्थापनमा काम गरिरहेका छन्।
०.अम्बिका तामाङ (दिक्तेल खोटाङ)
काठमाडौंमा घरेलु काम गर्ने तामाङ अहिले दिक्तेलमा खुद्रा किराना पसल सञ्चालन गर्दैछिन् र आफूसँगै २ जना सहायक पनि राखेकी छन्।

० .नविन राई (दिप्रुङमा खोटाङ)
EPS मार्फत कोरियामा काम गरेर फर्किएका नविनले खोटाङको दिप्रुङमा खसीपालन सुरु गरेर गाउँमा नै मासुको माग धानेका छन् र कृषि तथा पशुपालनमा युवाहरूलाई आकर्षित गर्न सक्ने उदाहरण बनेका छन
स्रोत – सामाजिक संजाल बाट

कामले मानिसलाई उठाउँछ उज्यालो भविष्यतर्फ लैजान्छ। असफलताहरू आइरहन्छन तर त्यसपछिको निरन्तरता नै मानिसलाई नयाँ उपलब्धिमा पुर्याउँछ।

—(श्रमले मात्र होइन आत्मबलले पनि परिवर्तन सम्भव छ ।
-शारदा राई
विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्दा सन्तुष्टि मिल्छ ।
-नविन राई
महिलाहरूले पनि उद्यम गर्न सक्छन् अवसर चाहिन्छ ।
-टिका राई )

(((१.नरबहादुर कार्की (हेटौंडा)
एक समय ईँटा भट्टामा श्रमिकका रूपमा काम गरेका कार्की अहिले दर्जनौं मजदुरलाई रोजगारी दिने निर्माण व्यवसायी हुन्। उनको जीवनले श्रमबाट आत्मनिर्भरता कसरी सम्भव हुन्छ भन्ने देखाउँछ।
२.देवी माया गुरुङ (पोखरा)
एक समय घर-घरमा भाँडा माझ्थिन्। सिलाईको सीप सिकेर आफ्नै बुटिक खोलिन्। अहिले पोखरामा महिला उद्यमशिलताको रोल मोडल बनेकी छन्।
३.गोपाल राठी (जनकपुर)
कुनै समय टायर पसलमा सहयोगीका रूपमा काम गरेका राठीले अहिले आफ्नै टायर कम्पनी स्थापना गरेका छन्। उनी ५० भन्दा बढी जनालाई रोजगारी दिइरहेका छन्।
४.राजेन्द्र श्रेष्ठ (इटहरी)
ईँटाभट्टामा मजदुरीबाट शुरू गरेका श्रेष्ठ अहिले निर्माण सामग्रीको व्यापारी बनेका छन्। उनी भन्छन् — “सपना हेर्न पैसा लाग्दैन, तर पूरा गर्न श्रम चाहिन्छ।”))
स्रोत – सामाजिक संजाल

तथ्यांक जानकारी

झन्डै ८४% श्रमिक अनौपचारिक क्षेत्रमा छन्।
•१० लाखभन्दा बढी नेपाली महिला विदेशमा घरेलु कामदारको रूपमा कार्यरत छन्।
•हजारौं श्रमिक न्यूनतम पारिश्रमिक नपाउने, सुरक्षाविना काम गर्ने अवस्थाबाट गुज्रिरहेका छन्।

श्रमिक दिवस केवल उत्सवको दिन होइन, चेतनाको दिन हो । हामी सबैले यस दिनलाई अवसरको रूपमा लिनुपर्छ । श्रमप्रति कृतज्ञता र कामको सम्मान ले नै हामि हाम्रो समाज अनि देश निर्माण हुन्छ ।

—रोशन अधिकारी
काम नै नाम हो श्रम नै जिबन हो ।

सम्बन्धित स्रोतहरु
राष्ट्रिय श्रम सर्वेक्षण २०७८/७९
केन्द्रीय तथ्यांक विभाग, नेपाल
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO),रिपोर्ट
वैदेशिक रोजगार विभाग, नेपाल सरकार
OnlineKhabar श्रम विशेष

One thought on “‘कामको मान श्रमको सम्मान ‘ श्रमिक दिवसमा समर्पित-

Leave a Reply

Back To Top