-इनिता खड्का
सबै सबैको आ-आफ्नै कथा साथ साथ छन
दुखका छायाँ, चाहनाका रङ्गहरू हात हात छन
लुकेर छातीभित्र चलि रहेछन हरेक सपना
कतै छोपिदै छन त कतै खुलम्खुला खुलिरा छन
कसैको पनि गर्नु छौन अपमान
जब आफु आफैमा पुर्ण छैन मान
सक्दिन तौलिन म अरूको माया
धनसम्पत्ति र स्वार्थका राखि दाया बाया
बन्नु कतै केहि उज्यालो ज्योती
जहाँ जोडिन्छन् साँचो मोती
सत्कर्मका सिढी चढ्दै चड्दै
मनको आँगनमा उज्यालो भर्दै
सोच्च बनाइ आफ्नो पहिचान
प्रेम सम्बन्धको बिचाको बढाइ ज्ञान
मानवियता भन्नु पर्छ ज्ञान अनि धर्म
सद्भाव होस् सम्पत्तिमा बुझेर मर्म
सम्झनाका लहरहरू कहिले मर्दैनन
भबिस्य खोज्ने हो भुत शाक्षी पर्दैनन
आँखा रसाउ छन दुखी शब्द चस्काउछन
गर्नुछ कर्म बुझेर एक अर्काको मर्म