अहिलेका नारि पुरुषलाइ भारी

CNN Hero अनुराधा कोइराला, साहसको प्रतिक बनेकी पासाङ ल्हामु शेर्पा, आन्दोलनकी अग्रदूत मानिने मंगलादेवी सिंह, शक्तिशाली विचार र सत्यका लागि लड्ने साहस भएकी योग माया न्यौपाने जस्ता नारिको नाम सुन्दा मात्र गर्ब लाग्ने अनि आत्मविश्वास र सम्मानको आखा जान्छ । नाम मात्र लेख्दा पड्दा आखा ठुला ठुला हुन्छ ।तर आजका नारिहरु देखि मेरो आखा बिझाइ रहेछन ।

हाम्रो धर्म सस्कार अनुसार पनि धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने गरिन्छ । धर्ति माता जन्म दाता भनेरे एकदमै सम्मान नि गर्ने गरिन्छ । हामिले जान्दै आयको ‘सुन्दरताको प्रतिक स्वागत सत्कार तथा घरको उजेलो’ भनेर चिनेने नारि आज काहा कता जादै छन ।

 एक जमानामा नारिलाइ सम्पत्ति रुपमा लिइन्थो रे अनि नारिलाइ दमन गरि आफ्नो अधिनमा राखिन्थो रे बिस्तारो बिस्तारो समान हक अधिकार समान ब्याबहार अझ नपुगेर राहात कोटा दिइ अगाडि बढाइयो तर नारिलाइ अहिले धेरै अगाडिनै पुरुष ले ठेलिदिय जस्तो छ । जस कारण हाम्रा नारिहारु सम्हालिनसक्नु हुनपुग्दै छन  । 

हिजो आज हाम्रो टोल समाजको रूप फेरियको छ । हाम्रा नारिकोको भद्र लजालु स्वभाब बेढङ्गका छोटा कपडाले बेरियको छ ।।
बिबाहित नारि घरम छोरा छोरि बुडो बिर्सियर कता कता अल्मलिरहेछन । कैयौँ नाटकिय हाउभाउमा सजियर आफ्नाको अघि राम्रो देखाउदै भित्र भित्र सेप्रेट ब्वाइफ्रेण्ड बनाउदै श्रीमान लट्याउँउदै लुटाउदै किन हाम्रा नारि ।
श्रीमान कतारको खाडिबाट भन्दै छ । समस्या कसरि टारौ ? श्रीमति त्यो ता तिम्रो समस्या हो । तिम्ले नै समधान गर मलाइ त तिम्ले पाल्ने काम हो कसरि पाल्छौ तिम्रो जिम्मा । यस्ता बचनले घर फर्किन नसक्ने अवस्था धेरै को छ आहिले ।
एक भनाइ छ मदर टेरेसा को । – “If you want to change the world, go home and love your family.”-(यदि तपाईं संसार बदल्न चाहनुहुन्छ भने, घर फर्केर आफ्नो परिवारलाई माया गर्नु होस ।) तर घर फर्कन सक्ने वातावरण बन्द हुदै गको हो पुरुसको अब महान नारि को भनाइ गलत साबित हुन पुगेको हो ।

आफ्नो हक माग्ने महिलाले धर्म बिर्सनुहुँदैन, अनि कर्तव्य भुल्ने पनि गलत हो । नारी र पुरुष दुवैले आफ्नो स्थान र दायित्व बुझ्नुपर्छ ।

नया नया फेसनहरू पाश्चात्य संस्कारका अर्ध नग्न तस्बिर फेसबुकमा राख्दै खुबै लजाउन्दै छन नारि किन ? हामिले हाम्रो सस्कार अनि आफ्नो औकात बिर्सेको होर ? नारी सृङ्गार मात्र हैन !अरुको मन बहलाउने मात्र पनि हैन ! मन पनि सुन्दर हुनु पर्छ । अत्यधिक भौतिक प्रदर्शन व्यक्तिगत मनोरञ्जन बन्यो होला तर त्यो तपाईं नारि प्रतिको आत्मसम्मान होइन ध्यान आकर्षण मात्र हो ।

 दाल भात घरमा पकाउन अल्छि लाग्छ ह‍ोटेलमा जाने सेकुवा छोइला कचिला  पिजामा  फेरि फेरि रमाउने हाम्रा महान नारि सेप्रेट रुममा बि एफ साथ लिई चुरोट मदिरा बडो सानमा कस्तो अनौठो नारि उनिहरु लाइ नै चाइयो रे नारि स्वतन्त्रता कति चाइयो स्वतन्त्रता अझ पुगेनर हाम्रा नारिहरु लाई 

संगै बस्ने संगै रमाउने पछि कुरा नमिल्दा मुद्दा हाल्ने र पुलिससम्म पुर्‍याउने हाम्रा महान नारि लाइ कुन रुप हेरौ

छनलाइ पुरुस पनि कमि छैनन आफ्नो आमा
दिदि बहिनि सम्मानित नारि भन्ने अरु गोल खाडि ! सुन्दरताको प्रतिक नारि भन्ने नातिनिको उमेरको केटि ग्रल्फ्रेन बनाउदै हिड्ने हाम्रा महान पुरुष जनाउछन हजुरि
भन्न लाइ नारी शौर्य साहस शक्ति नारि गर्नलाइ खाजा खानामा गराउदै सावारि, नारी देवी ईश्वर भक्ति देखावटि भित्र भित्र सुन्दरतामा गिद्दे नजर भारि

 नारि एक कर्म हो । जस्ले राम्रो काम गरेका छन तर धेरै धेरै चै हिजो आज बिलासि लतमा डुबेका छन अब त्यस बाट बाहिर आउन जरुरि छ ।  

सुनौलो किरण अनि मुस्कान बोक्ने हुनु पर्छ नारि
दुनियाँ बदल्न सक्ने साहस अनि पीडा भुलाइ हसाउन सक्ने हुनु पर्छ नारि
स्वार्थ बोकि बदला र प्रतिशोध नारि महान हनु सक्दैन
जय नारि !!!

कतै पिडित कतै घृणित नारि
कतै सम्मानित कतै अपमानित नारि
बिन्दास चिल हिजो आजका नारि
अवसरबादको भुमरिले बनेका छन पुरुषलाइ भारि …!!


Sakela – 5 Mattima, khotang

– रोशन अधिकारी

One thought on “अहिलेका नारि पुरुषलाइ भारी

Leave a Reply

Back To Top