मेरो नाम तिम्रो ओठमा नझरेको धेरै भयो
मुस्कानसँगै मनको कुरा नगरेको धेरै भयो
चिसो साँझले सम्झनाको आगो बाल्दै छ
न्यानो त्यो अँगालोमा नपरेको धेरै भयो
आँखाभरि सपनाका बादल मडारिन्छन्
इन्द्रेणी सँगै नाच्दै माया नगरेको धेरै भयो
स्मृतिको बाटो मा मता एक्लै हिँड्दै छु
हातसमाई संगैहिड्ने सपना टरेको धेरै भयो
मायाको धुन मनमै गुन्जिरहे छ सम्झना
सपनाको गीत गाउदै यादा गरेको धेरै भयो
-रोशन अधिकारी