परिवर्तन

हे नव तरूण
तरूण युवा
वृद्ध वयाेवृद्ध उमेदवार
महाेदयहरू
सबैका माला खादा
बाजा नाच जन्ते घाटे
लर्काे देख्दा त
तिमी विजय भै सक्याै नि
श्रद्धाका आँसु र
विजयकाे अविर
दुबै तिमीलाई

विचरा त्यागी उमेदवार
अन्तरिमहरू सरकार छाेडेर गयाै
व्यवसाय छाेडेर गयाै
छात्रछात्रा पढाइ छाेडेर गयाै
टालैटाला झण्डा ओडेर गयाै
उखुण्डा डण्ठा बाेकेर गयाै
दाेषी मुद्दा बाेकेर गयाै
कुलते नशा बाेकेर गयाै
जल्ने खरानी बाेकेर गयाै
जलाउने अगुल्टा बाेकेर गयाै
जसरी बाढीमा
सबैकुरा बगेर जान्छ
डाडु पनिउँ नाङ्ला
घर गाेठ बिच्छाैना
बगेर आयाै ।।

झुण्ड फरक नारा एकै
परिवर्तन
म मतदाताका
जिज्ञाशा सुन
कार्यालयका भाेलिबाद
माटाे माथिकाे पिच
पालिकादेखि सङ्घे मुन्द्रेहरू
नाताबाद कृपावाद
स्टेसनै पिच्छेका घुसखाेरी
भागबण्डा बिचा‌ैलिया
पेसागत काम दाम समय चाेरी
कालाबजारी बेराेजगारी
अरीतका यी जलकुम्भीबाट
आक्रान्त म र मेरी नेपाल आमा
उठाउने हिम्मत गरृर आऊ
बाल युवा वृद्ध वयाेवृद्ध
बुई चढेर हैन आफ्नै खुट्टामा
जाे जाे आउँछाै आऊ
बुट्यान हुँदैगएका
खलागरा पाटा
हराभरा बाली भएर आऊ
वृद्धाश्रम हुँदैगएका गाउँ घरमा
सच्चा परिवर्तनकारी भएर आऊ
पदकुर्ची खाली छ ।

फेसबुक कबि पुन्य प्रसाद धिमिरे

Back To Top