दल बदल्दै भिक्षा माग्छ
झाेले राजनीति
नशालट्ठै स्टाटस् हान्छ
भाेले राजनीति
जितकैलागि जे पनि गर्छ
चुतिया राजनीति
आजै जितें भाेलि जितें
मेडिया राजनीति
मन्दिर गई पूजाआजा,
भाकले राजनीति
जनतामाथि अत्याचार
बादले राजनीति
एजेण्डा भन्दा खैराे खन्छ
गाली राजनीति
नातागाेता बन्द सूचिमा
साली राजनीति
देख्लास् पख्लास् ढाड सेक्छु
भाटे राजनीति
उमेद्वारीमै आयातित लर्का
घाटे राजनीति
तै जितिहालिन्छ उमेदवारी
अक्कले राजनीति
खुट्टै ढाेग्छ राेटी बेल्छ
नक्कले राजनीति
दाेर्याई तेहेर्याई माफी माग्छ
बिन्ते राजनीति
मत दिनुस् भन्दै रून्छ
पिन्चे राजनीति
डाइनिङ छाेडी चहुरमा भतेर
पिर्के राजनीति
आफ्नै दलमा बागी उमेदवार
छिर्के राजनीति
दास बन्दै टिकट माग्छ
मगन्ते राजनीति
ताकमा तिवारी नत्र गाेतामे
घुमन्ते राजनीति
ठगेकाे सम्पति सबै तिर्छु
भाके राजनीति
देश दनदन बनाउँदैछ
राँके राजनीति
सबै हत्कण्डा प्रयाेगधर्मी
कक्टेल राजनीति
दूधकाे दूध पानीकाे पानी
ओझेल राजनीति
शत्रु इसारा देश जल्छ
पराधिन राजनीति
घाँटी हेरी हाड निले पाे
स्वाधिन राजनीति ।
फेसबुक कबि पुन्य प्रसाद घिमिरे