आँसु मूल्य तब थाहा, जब आफ्नै गह खस्छ

आँसु मूल्य तब थाहा, जब आफ्नै गह खस्छ,
सहाराकाे तब मूल्य, जब शक्ति थला बस्छ

छानाे पाली चिरा चिरा, मूल थाम ढलेपछि,
बिछाेडकाे तब पीडा, जब छाेरा बिदेश पस्छ

नैतिकता र अध्यात्म, भाैतिकताले ढालेपछि,
पाैरखले जिउनु पर्ने, जब टीका भश्म घस्छ

छरछिमेक गाउँलेका, देखावटी कठैबरा,
लाेलाेपाेताे बेकारका, जब काेख दाँत धस्छ

सत्यताका उखान तुक्का, अनुभव युगवाणि,
दुध पियाउनु बेकार छ, साँच्चै सर्प विष डस्छ

  • फेस्बुक कबि
    पुन्य प्रसाद घिमिरे

Back To Top