सर्वसत्ता कार्यशैली

पक्ष बिपक्ष कचहरी, कुराकानी निषेध गर्याै,
सर्वसत्ता कार्यशैली, शुभबानी निषेध गर्याै

सिपालु हाै मछुवार, दुवालीका उखान तुक्का,
अन्धकार कुर बनाइ, धमिलाेपानी निषेध गर्याै

बन्से केश झर्दै झर्दै, ताक्लू भाकाे थाहा छैन,
तर्क राख्ने मित्रहरू, जानिजानी निषेध गर्याै

मनै ठिक मेरै ठिक, फाँसी नाजी कहाँ रहे ?
विराेध गर्ने सबैलाई, छानी छानी निषेध गर्याै

भविश्य छ अन्धकार, दाैंतरी सब लाखापाखा,
मित्रहरू खुइल्याएर, शत्रु ठानी निषेध गर्याै

फेसबुक कबि पुन्य प्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

Back To Top