बगाउँछ घरगोठ सारा, पानी बौलाएपछि

बगाउँछ घरगोठ सारा, पानी बौलाएपछि,
उखुण्डा परिणाम छाल, ज्ञानी बौलाएपछि

मियो आधारै दाईँहरू, लय गोरू घुम्दछन् ,
स्वघेरा कहाँ घुम्छ जाँतो, मानी बौलाएपछि

रमझम तिरै बसोबास, मनमौजी मान्छेहरू,
चैतमा देख्छ हरियाली, नानी बौलाएपछि

जहाँ घाउ उतै चोट,थपिन्छन् दुख्याहामा,
भत्कोसै भत्कोस हुन्छ, हानी बौलाएपछि

बुझेरै बझपचाउँछ मनुवा, असतका रमिता,
उपदेशैले सुध्रन्छ कोर, बानी बौलाएपछि

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा

  • poemreader.com
Back To Top