म पाँच वर्षको बबुरो
जन्मदैको टुहुरो
न काख न साथ
न लोरी न गाँस
न ममताको अँगालो
न भरको तातेताते
बाबाको दया अपूरो
आमाको ममता अधुरो
उुसकी त्यसकी सबका आमा
गाउँ छिमेक नातालाई सोधें
बाबालाइ सोधें आँसुझादै
सबै भन्छन् भगवानको घर
खै खै खै खै ? कहाँ छन्
मेरी आमा ।
! ! ! ! ! ! ! ! !
रुख नदी बाटोलाई सोधें
साल गाडेको माटोलाई सोधें
घाम पानी हावालाई सोधें
कराही ताप्के तावालाई सोधें
घाँस दाउरा डोकालाई सोधें
सबका सब बेखबर
कहाँ छ हँ ? भगवानको घर
खै खै खै खै ? कहाँ छन्
मेरी आमा ।
! ! ! ! ! ! ! ! !
बारीको डिलमा टोलाउँदै थिएँ
आमालाई बोलाउँदै थिएँ
दीपाका बा गफगर्दै थिए
अमेरिका, उनका आँसु तप्प
रुपककी आमा बातमार्दै थिइन्
अष्ट्रेलिया, उनकाआँसु तप्प
डाँडाधरे गफ गर्दै थिए
युरोप उनका पनि आँसु तप्प
उनीहरुले सन्तान गुमाए
मैले आमा गुमाएँ
खै खै खै खै ? कहाँ छन्
मेरी आमा ।
! ! ! ! ! ! ! ! !
मैले सोचे
संसारसँग गफ हुन्छ
मेरी आमासँग किन गफ हुँदैन
अब भगवानको घरको
फोन नंबर माग्छु
दूरसञ्चारमा फोनडायल गरे
फोन उठ्यो
हेलो
मलाई भगवानको
फोन दिनुस त
किन कि मेरी आमासँग
भेट गर्नु छ,
फोन बोल्यो
बाबु
मैले रुँँदै भने आमा
उनी पनि रोइन
तपाईँ कहाँ जानु भएको
.मलाई छोडेर
भोलि मेरो जन्म दिन छ
जसरी पनि आउनुस् ल
हजूर नआउन्जेल म
केक नै काट्दिन
पर्खी बस्छु नि
उनले रुँदै भनिन् हुन्छ बाबु
केक आयो जन्मदिन आयो
साथीभाइ सबै आए
नकाटिएको केक अगाडि
म अझै ठिङ्ग उभिइरहेकोछु
कसैले मेरो मन बुझाउन
नाटक गरे छ कि के
आमा अझै आएकी छैनन्
खै खै खै खै ? कहाँ छन्
मेरी आमा ।
! ! ! ! ! ! ! ! !
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा