“साउन” – हरियाली बोकेर आयो साउन

हरियाली बोकेर आयो साउन,
नारीहरू तम्सिए हरियो लाउन।
चुरा, मेहेन्दी, पहेंलो पोतेले
रङ्गिए गन्तव्य सहरदेखि गाउँमा ।

झरी ल्यायो शीतल सन्देश,
शिव पूजामा रमाए भक्त विशेष।
कोही बोलबम, कोही पशुपति धाउँदै,
भजन-आराधनाले आत्मा सन्तुलित बनाउँदै।

सोमबारे ब्रतमा भलो बाटो समाउँदै ।
“बोलबम!” भन्दै कोही केदारनाथ धाउँदै।
रमाइलोमै भगवानको पूजा चलाउदै ।
भोलिको सपनाको बाटो गुन्नुनाउदै ।

कही पाखण्ड, कही साँचो श्रद्धा,
हाम्रो संस्कृति, हाम्रो साँचो गाथा।
ऋतु, परम्परा, गीत र भावना
बनून् सधैं हाम्रो पहिचानको कथा ।

– रोशन अधिकारी

https://www.facebook.com/share/15SKpG23ky/?mibextid=wwXIfr

Back To Top