माथी चढ्दै गरेकालाई
सिढीबाट सर्लक्क झार्न सक्छेउ
देख्नेले त भन्छ उक्लिन जानेन
न तिमी चढ्छेउ
न त चढ्न दिन्छेउ
न माथि जान सक्छेउ
न त तल धैर्य गर्न
तर पनि
वाह ! तिम्रो दुस्साहस !
सग्लो हिड्दा हिड्दै गरेकालाई
पछारिदिन्छेउ
देख्नेले भन्छ हिड्न जानेन
अनि त लडो
तर तिम्रो करामत अाहा!
न तिमी अघि बढ्छेउ,
न त पछाडि रहन सक्छेउ
तर पनि
कस्तो जान्दछौ
छिर्के थाहै नपाई हानिदिन्छेउ
आहा ! तिम्रो दुस्साहस !
ए मनुवा! तिम्रो पनि खुट्टा छ
ए मनुवा! तिमी पनि उक्लिनु छ
ए मनुवा! तिमी पनि अघि बढ्नु छ
खुट्टा आफ्नो हेर, अर्काको किन हेर्छेउ?
बाटो आफ्नो तय गर, अर्काको किन छोट्याउछौ?
उचाइ आफ्नो बढाउ, घटाउछौ अर्काको किन?
रबिन कोइराला