तिमीलाई म भुल्न सक्दिन

तिमी मनपर्ने त्यो फूल हौ,
जसलाई म कहिल्यै चुड्न चाहन्न,
तिमी देखेको त्यो सपना हौ,
जसलाई म कहिल्यै भुल्न चाहन्न।

तिमी पारिजातको सुवासित फूल हौ,
जहाँ पुग्न अध्यारोमा पनि पर्खिरहन्छु,
तिमी त्यो काँचो कागजको प्रेमपत्र हौ,
जसलाई म कहिल्यै गुमाउन सक्दिन।

अक्षरहरू एकदिन मेटिन सक्छन्,
तर त्यो पत्र भित्रको माया मेटिन्न,
मेरो अध्यारो यात्रामा उज्यालो बनी
तिमी आयौ, मेरो सपनामा बगिन

तिमीमा नै मैले जीवनको आशा देखे
तिमीमा नै म आफ्नो संसार भुले
माया गरेको मान्छे तिमी हौ साँचो,
त्यसैले तिमीलाई म भुल्न सक्दिन

बिपना कोजु श्रेस्ठ
खोटाङ दिक्तेल

Back To Top