देशैभरि नदीनाला, जल छैन भन्छ कसले,
जता पनि गठजोर, हल छैन भन्छ कसले
अपशब्द उछितोमा, सानो स्वर छ र कसको
दसगजा भत्काउने, खल छैन भन्छ कसले
जादुगरै हूँ म भन्थ्यो, कल्पनाको सिङ्गापुरे,
वनदेखि सदनसम्म, छल छैन भन्छ कसले
खनिखोस्री फाइलहरू, मौलाउँदो भ्रष्टाचार,
दरवारहरू शौचालय, मल छैन भन्छ कसले
विचार ती छलमय, ¿¿¿¿ व्यवहार छलमय
तोडफोड आतङ्कमा, वल छैन भन्छ कसले
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा