नेपालको गीत–संगीत : सांस्कृतिक विविधता र विकासक्रम र लेखन सैलि बारे

मानव जीवनको अभिन्न हिस्सा नै संगीत हो । भनिन्छ भाषाभन्दा पहिला मानिसले ध्वनि र लयमार्फत आफ्नो भावना ब्यक्त गरिन्थो । समय र मान्छेको बिकास क्रमसँगै संगीत विविध रूप र शैलिमा विभाजित हुदै गयो । नेपाल जस्तो बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक देशमा गित संगीतले जातीय, भौगोलिक र सामाजिक विविधतालाई समेट्दै मौलिकताको सुगन्ध फैलाएको छ।

१. लोक गित मौलिक लोक परम्पराको धरोहर
लोक गीतहरू नेपाली समाजको आत्मा हुन्। यी गीतहरूमा गाउँ-घरका कथा, चाडपर्व, परम्परा, प्रेम र पीडाको जीवित दस्तावेज पाइन्छ। लोक शैली का गितले नेपाली समाजको संस्कृति र सामूहिक चेतनालाई संरक्षण गर्दै आएका छन्। लोक गित लाइ पनि बिमिन्न भागमा बिभाजन गरियको छ । जस्तै

  • दोहोरी गीत: ग्रामीण भेगमा अत्यन्त लोकप्रिय, जसमा प्रश्न-जवाफ शैलीले प्रेम, व्यङ्ग्य र सामाजिक जीवन झल्किन्छ।
  • टप्पा गीत: पूर्वी नेपालमा रमाइलो र जीवन्त लयमा गाइने।
  • झ्याउरे गीत: पश्चिम नेपालका रमणीय डाँडाकाँडाबाट गुन्जिने लोकरिञ्जन।
  • सैली गीत: हिमाली र पहाडी संस्कृतिको पहिचान बोकेको।
  • भजन: आध्यात्मिक साधना र धार्मिक आस्थाको धरोहर।

२. आधुनिक गीत नयाँ पुस्ताको स्वर
आधुनिक गीतहरूले समयसापेक्ष विषय र लयमा नवीनता ल्याएका छन्। प्रेम, जीवनदर्शन, संघर्ष र सपनाहरूलाई सरल शब्द र लोकप्रिय धुनमार्फत व्यक्त गर्छन्।

  • आधुनिक गीत सामान्यतया प्रेम र जीवनका पक्षहरूमा आधारित हुन्छ।
  • पप गीत सरल र आकर्षक धुनसहित युवा पुस्तामाझ लोकप्रिय गित
  • रक गीत ऊर्जावान गिटार र ड्रमको संयोजनमा युवाहरूको विद्रोही भावना ब्याक्त गर्ने गित
  • र्‍याप गीत तीव्र उच्चारण र सामाजिक सन्देशहरू बोक्ने गित
  • क्लासिकल गीत ले परम्परागत शास्त्रीय संगीतको संरक्षण गर्दै छ ।
  • जैज, ब्लुज (Jazz, Blues) यो विदेशी शैलीको नेपाली गित हो ।

गीतहरू विषयगत रूपमा पनि विभाजित जस्तै
•प्रेम गीत: प्रेम, सम्बन्ध र भावनाका मीठा र तिक्त अनुभूतिहरू समेट्ने।
•देशभक्ति गीत: राष्ट्र र राष्ट्रियताको गौरव व्यक्त गर्ने।
•प्रेरणादायी गीत: संघर्षशील जीवनलाई सकारात्मक ऊर्जा दिने।
•दुःखद गीत: जीवनका पीडा र बिछोडलाई स्वर दिने।
•हास्य/व्यङ्ग्य गीत: सामाजिक विकृतिहरूमाथि मनोरञ्जनात्मक व्यङ्ग्य प्रहार गर्ने।
•धार्मिक/भक्तिगीत: धर्म र आस्थाको भाव समेट्ने।
•सामाजिक गीत: समाज, परम्परा र संस्कारहरू उजागर गर्ने।
•राजनीतिक गीत: राजनीतिक सचेतना र आन्दोलनलाई स्वर दिने।

संगीत केवल मनोरञ्जन मात्र होइन यो त समाजको ऐना हो । नेपाली गीतहरूले विगतको सम्पदा, वर्तमानको स्वरूप र भविष्यको दिशा बोकेको छ । यसलाई जोगाउनु, प्रवर्द्धन गर्नु र नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो सांस्कृतिक जिम्मेवारी हो।
तपाईं लाइ मन पर्ने गित कुन होनि तपाइले लेख्न चाहेको गित कस्तो होनि

मलाई मन पर्ने लोक गीत:
“Resham Firiri” नेपाली लोक संगीतको अमर धुन बोकेको छ ।
अनि मलाइ मन पर्ने आधुनिक गीतमा
“Yo Mann Ta Mero Nepali Ho”

“लोक गीतले जरा सम्हाल्छ, आधुनिक गीतले गगन छुन्छ। एउटा पहिचान हो, अर्को प्रगतिका पाइलाहरू।

अब कुरा गरौ गीत लेख्ने तरिका बारेमा

१. विषय छनोट: गित लेख्दा विषय छनोट गर्नु होस जस्तै प्रेम, देशभक्ति, जीवन आदि

२. भावनात्मक विचार – एउटा कागजमा सम्बन्धित भावना वा शब्दहरू कोर्नुहोस

३. लय – लय मिल्ने गरि आफै शब्द हेर्दै गाउने कोसिस गर्नु होस नमिल्ने शब्द हटाइ दिनुहोस

४. सरल बनाउनुहोस् अन्तरा: मुख्य भाग थोरै जटिल र स्थायी/कोरस – बारम्बार गाइने भाग सरल सहजै बुज्ने बनाउनु होस

छोटो उदाहरण गीत:
तिमी बिना अधुरो म

स्थायी (Chorus):

तिमी बिना अधुरो छु म,
सपनाझैँ टाढा छौ तिमी।
मनको कुनामा लुकेर बसि
सम्झनामा झल्किन्छौ तिमी।

अन्तरा १:
रातभरि निन्द्रा हराएर,
तिमीलाई आफै सम्झाइ दिन्छु म
आँखाका आँसुहरू बगाइ
मायाको याद बल्झाइ दिन्छु म
तिमी बिना यो जिबन
सुन्यतामा हराइरहेछ।
साँसहरू नि डराइ रहेछ
तिमी बिना अधूरो छु म…

अन्तरा २:
पर्खाइको यो बाटोमा,
आफ्नै सपना हराउँदै गएको म
तिमी फर्कने बाटो हेरि
मनको आशा ले करायको म
सुनसान यी पाइलाहरु
तिमी आउने रहरले हिनि दिन्छन
भेटि बाँच्ने रहरमा दिनगिनि दिन्छन
तिमी बिना अधूरो छु म…

Note- शब्दहरू लेख्नुहोस जुन भुलिएका सपनाहरू जस्तै हुन् । शब्दहरू पढ्नु होस जुन जसमा जीवनको कथा हराएको हुन र धुनहरू सुन्नु होस जसले मौनताभित्र लुकेको हर्ष वा पीडा सुनाओस
शुभ सङ्गित

Back To Top