1 कृषकको गौरव
दहीच्युरा खाँदै खेतमा छ्यापिन्छ हिलो
गाउँभरि हतारो मिहिनेत ज्यान थङ्थिलो
मानो रोपेर मुरी फलाउने सुनौलो मौसम
श्रमशक्ति किसान खानाको आधार सिलो

२ संघर्ष
हिलोमा डुबेर गोरु पछ्याउँने ती सिपालु
बिउ छर्दै खेतका गरामा रमाउने गितालु
गीत गुञ्जाउदै पसिना बगाउदै आफ्नै माटोमा
ओल्लो घर पल्लो घर अर्म पर्ब सबै दयालु

३ वेदना
माटो बगायो पानीले, बारी भयो खाली,
गरि खाने जमिन छैन, खोल कुदि बनो जालि
धेरै दुखमा हामि किसान,सपना हुर्काउने ठाउ छैन
केहोल भोलिको गास, हेरेर बस्नु पर्याछ यस्पालि