म एक्लाे छैन
एकान्तमा छु
म साइकाे हैन
सङ्घर्षमा छु
म निर्माेही हैन
मायामा लिप्त छु
दिनमा कल्पनासँग
रातमा सपनासँग
यिनै मेरा जीवन सारथी ….
म यी दुबैसँग मज्जाले
आलिङ्गन गर्छु चुम्छु
राम रउस यिनैसँग चल्छु
कल्पना धर्तिकाे छितिज
भन्दा पनि परसम्म
छिल्लिन्छिन् इतरिन्छिन्
आरिस गर्छिन् धकेल्छिन्
मुस्काउँछिन् ठस्कन्छिन्
उनी र मेराे सम्बन्ध
कि उनीलाई थाहा छ
कि मलाई थाहा छ
गाेप्य मायालु ….
सपना निद्राकी साथी
झप्काे लाउन पाएके छैन
आइहाल्छिन् बिच्छाैनामा
हवाइ इन्धन तेल
कचाैरामा बाेकेर
कहिले मालिस गर्छन्
कहिले चिमाेट्छिन्
उचाल्छिन् पछार्छिन्
खुबै मस्ती गर्छिन्
काउकुती लगाउँछिन्
हँसाउछन् रूवाउँछिन् …..
यी दुईकाे करकरे
रङ्गशालाकाे भकुण्डाे जिन्दगी
कता उफ्रन्छ कता
मानाै अडिने धर्ती नै छैन
कल्पना र सपना काे प्रहार
मैदानभन्दा परसम्म
खाडी पुग्छ भावर भाेग्छ
मेक्सिकाेबाट पर्खाल नाग्छ
विश्वका ठुला घरेहरूका घरमा
भाेटे कुकुरझै रखवारी गर्छ
बालुवामा हरित क्रान्ति ल्याउँछ
बन्दुक समाएर बारूदी टीका
युद्ध मैदानमा वीर गाेर्खाली ..
म कल्पना र सपनाले
हानेर गाेल हुन नसकेकाे भकुण्डाे …
कल्पना र सपनालाई
भनिदए भैगाे
गाेल रहित भकुण्डाेले
कति हनाइ हण्डर खानुपर्छ
ब्यक किक फ्रन्ट किक
ड्रिबल सुट ब्लक
हुँदै पाेलमा लागेर
फर्कनु पर्दा बेगाेल
रित्ताबाेराहरूमा फर्किएकाे
सपना र कल्पना सँग
के भन्न जाउँ भन्दै
गाेलरहित नतमस्तक भकुण्डाे म
-पुन्य प्रासाद घिमिरे
फेस्बुक कबि