
नेपाली सांगीतिक इतिहासमा गहिरोछाप छोड्न सफल बहुचर्चित गीत ‘धोका दियौ तिमीले’ झण्डै ३५ वर्षपछि पुन स्वरबद्ध गरिएको छ। नेपाली गीतसंगीतप्रेमीहरूले दशकौअघिदेखि मन पराउँदै आएको यस गीत केहि नया पन सहित अब …

यस गीत का मूल गीतकार बुद्धबीर लामा, संगीतकार शान्तिराम राई, गायिका सुकमित गुरुङ र गायक सरोजकुमार श्रेष्ठको सशक्त योगदान रहँदै आएको थियो। ती सबै स्रष्टाहरूको योगदानलाई सम्मान गर्दै, गीतलाई नयाँ पुस्तासँग पुन जोड्ने प्रयासस्वरूप यसलाई नयाँ सन्दर्भ र आधुनिक संगीत संयोजनसहित The Voice of Nepal सिजन ६ का उपविजेता रोशन राईको आवाजमा रिमेक गरिएको हो।

Lunto Creation को प्रस्तुतिमा सार्वजनिक भएको यो गीतले पुरानो भावनालाई संरक्षण गर्दै नयाँ प्रविधि र गायन शैलीमार्फत समसामयिक स्वाद थपेको छ। आधुनिक एरेन्ज, भावपूर्ण स्वर र उत्कृष्ट भिडियो प्रस्तुतिसहितको नयाँ संस्करणले पुरानो पुस्तालाई पुरानो यादमा फर्काउनेछ भने नयाँ पुस्तालाई नेपाली सांगीतिक सम्पदा सँगै जोड्नेछ।

गीतको म्युजिक भिडियो YouTube मा हेर्न सकिन्छ, जहाँ रोशन राईको संवेदनशील गायनशैलीले गीतको आत्मालाई पुनर्जीवित गरेको छ।
