दुखियाको संसारबाट सर्नु पर्ने चुनौती छ ।
भन्नू पर्ने भन्दा पनि गर्नु पर्ने चुनौती छ ।
पिरतिमा धोका खाई रक्सी पिउने प्रेमी भन्छ ।
बाच्नु भन्दा पनि यहाँ मर्नु पर्ने चुनौती छ ।
चोट पाउँदा भक्कानिदै मन्मै रुनु भन्दा पनि,
आँखा बाट आँसुलाई झर्नु पर्ने चुनौती छ ।
स्वार्थी भइ सबैलाई चोट दिन सजिलो छ ,
तर हाँसो खुसीको बीउ छर्नु पर्ने चुनौती छ ।
भरी भ”को हरेक बस्तु रित्याउनलाई बेर छैन ।
तर हरेक रित्तो भाडा भर्नु पर्ने चुनौती छ ।
“अश्रुमाली”