हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।

हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।
खुसिको सानो,संसार खोज्दै,जिन्दगीआधा भो।

रोजि र रोटि , जोहो कै लागी , नेपाली युवाको।
साउदी अनि, कतार खोज्दै, जिन्दगी आधा भो।

गाउको खेत , बारी र गोठ, बिजोक पारेर।
सहर झरी ,रोजगार खोज्दै,जिन्दगी आधा भो।

आफूले आफै , बेचिदै हिडि ,बिदेसी बस्तिमा।
हजार भेट्ने , बजार खोज्दै , जिन्दगी आधा भो ।

गरेर खाने , समय भरी , नेपाली सबैको ।
राम्रो र हाम्रो, सरकार खोज्दै,जिन्दगी आधा भो ।

दिपेन्द्र ‘अश्रुमाली’
खोटाङ छोरम्बु

Leave a Reply

Back To Top