खुसी भेट्छौ, आफ्नै मनमा ,खोजेर त हेर ।
मनमा फूल्ने ,फूलको बिरुवा , गोडेर त हेर ।
परदेश ग’को, पति देबको, आँखा छल्ने नारि ।
भबिस्यको ,लागि एकछिन , सोचेर त हेर ।
जेठा माइला, सोदेसमै , सुन फल्छ भन्छन ।
गाउकै खेतमा, पसिनालाई , पोखेर त हेर ।
बिदेसिको ,कमाई खादै ,हाम्रा दाजु भन्छन ।
पाखो वारि , खोरियामा जोतेर त हेर ।
सोदेस र, बिदेसको , फरक भन्न सक्छु ।
“दिपेन”सित केहि पल, बोलेर त हेर ।
दिपेन्द्र “अश्रुमाली”
खोटाङ छोरम्बु खिला