तिमीको ‘नाइँ नाइँ’ ले भेट्ने मेरो सपना छैन है मरेको।

फूल झैँ सुन्दर तिमी, मलाई साँच्चै मन परेको ?
भेटौ भनी बोलाएको, किन लजाजस्तै गरि पछि सरेको?

मेरा मनका भावना, मेरा मनका चाहना,
तिमीलाई नै सुनाउँछु, किन डरायझैँ टाढा टाढा गरेको?

म त तिम्रो बाटोमा काँडा बन्ने छैन, न छाडा बन्ने,
म त भलो नै चाहन्छु, किन त मलाई मेरो भर नगरेको ?

विश्वास गर माया गर, भरोसा गर अनि सुन्ने गर,
तिमीको ‘नाइँ नाइँ’ ले भेट्ने मेरो सपना छैन है मरेको।
-स.बि.

Leave a Reply

Back To Top