भुल्ने रोग लागेको छ, होश खुस्केको छ,
जाउलोमा गिलो खाना, ठोस खुस्केको छ
गुँडबाट बचेरा उँडे, रुख रित्ता डाली,
आशादीप धिपिक्क, परितोष खुस्केको छ
ताते तातेबाटै उठेँ, पुनः चाल ताते,
खाए केही पच्ने हैन, पोष खुस्केको छ
आफैंसित आफ्ना बात, पुरान कुरानै,
भनेको को सुन्छ र खै? घोष खुस्केको छ
चिनारी के दिउँ हजुर, आफैलाई बिर्से
थोत्रा पाता मात्रा शब्द, कोश खुस्केको छ
-फेसबुक कवि