-अनिश तिवारी
प्यारा भगवान्
आर्यघाटको आगो
अनि धुवाको मुस्लोबिच
मृत्यु र शोकको चीत्कार
अनि थामिनसक्नु मलामी
पशुपतिको चरणमा
म साक्षीपूर्वक हेरिरहे
अनि उसको आगमन भयो
एउटी डाकिनी
जोसँग भेट्दा
आफैसँग भेट्दै गए
अनि छुट्दा
आफैसँग छुट्दै गए
सागरछेउ अलपत्र डुंगाजस्तै
लत्रिरहेको एउटा कल्पनाजस्तै
ठ्याक्कै यस्तै
थिइ उ
उसका तिखा चंञ्चल आँखा
अनि अस्थिर लरबरे बोली
एउटा अनौठो जीव
यद्यपि
बोक्सिझै उताउति घुमिरहेका आँखा
अनि अस्थिर बैचैन अस्तव्यस्त काया
भन्नुपर्दा उ मान्छे कम
एलियन ज्यादा लाग्छे
तरपनि
बारम्बार लागिरहन्छ
उसको विक्षिप्त आँखा
चटपटे बोली र ढलपले ढंग
यसमा डुबेर
कयौ जन्मौजन्म बिताएको छु
कयौ जिन्दगी यसमा सुम्पिएको छु
उसँग भेटौ भेटौ लागिरहन्छ
भेटेपछि छुटौ छुटौ लागिरहन्छ
मनका बकबास
आत्मको सहवास
नभेट्दा लाग्छ
लाग्छ सबै पेट
आन्द्राभुडी सबै ओकलौ
छादौ छ्याल्लब्याल्ल
सबकुछ सुनाउ उसलाई
भेट्दा लाग्छ
सबकुछ छाडेर मौन होउ
उसँग कुनै घाटमा ध्यानस्थ होउ
होशपूर्वक पुरै सुनौ उसलाई
उ के हो ?
किन हो ?
केलाई हो ?
को हो ?
कस्लाई हो ?
किन भेटिरहेछु उसलाई ?
किन सुनिरहेछु उसलाई ?
किन सुनाइरहेछु उसलाई ?
भगवान् जानुन्
मलाई जान्नु छैन्
उ एउटा यशस्वी देवी
रहस्यमयी डाकिनी
अनि
म एउटा
आत्मा
हामी यसरी भेटिएका छौ
जसरी आकाश र पहाडबिचको
क्षितिज भेटिन्छ
एउटा महासागरमा जसरी
नदी मेटिन्छ
घाटमा घटेको उ
नश्वर देहको
विश्रामस्थलमा
भेटिएकी डाकिनी
सायद
उसमा म
आफैलाई खोज्दैछु
नमन्