सायद मैले बुझ्न सकिन

– रोशन आधिकारी

समय खराब हो कि मेरो बानी
साच्चै नै सायद मैले बुझ्न सकिन।
कतै म आफै भागे मनको साथी बनाउन
कि भगाए सायद मैले बुझ्न सकिन।

पाइलैपिच्छे सम्झन्छु अनि बुझाउन खोज्छु
तर म बुझ्दिन कि तिमी बुझ्दैनौ
सायद तिमी अन्त अन्तै व्यस्त जस्तो
कि त्यो तिम्रो स्वभाव नै हो
सायद मैले बुझ्न सकिन।

म देख्छु बनावटी संसार सोच्छु देखावटी समय,
सायद मेरो घडीको ब्याट्री सकिएको त
कि समय मैले चार्ज गर्न नजानेर यस्तो हुदैछ ।
सायद मैले बुझ्न सकिन ।

आँखाले आँखा खोज्छ, मनले मन खोज्छ ।
बोलिले बोली मिलाउने कोसिस मिलेझै लाउने
तर कतै त्यो सीमारेखा नमिलेको या बिगारेको
त्यो धागो जस्तो कहाँ हरायको जस्तो
सायद मैले बुझ्न सकिन ।

हाँसोमा हाँसो, सपनामा सपना बड्दैछ
बोलिमा मिठास, कुरामा गहिराइ छदैछ
पाएको, चाहेको, रोजेको, खोजेको
तर अचारमा नुन नपुगेझै केही धुन नमिले झै
सायद मैले बुझ्न सकिन ।

Leave a Reply

Back To Top