— दिपेन्द्र थामी
हेर उडी आए हरुर… पुतली
फर्लाक फर्लुक अति चञ्चली !
घरी यता जान्छ घरी उता
रूप चिटिक्क परेकी छ सदा!!
आइबसे थचक्क हेर डालीमा !
फुल झै भई डालीको मुलमा !!
सानी पुतली फुल रस चुस्की लिदै!
आहा रूपै छ फरक उसको भिन्दै!!
जात वर्ण फरक छ उसको
रूप रंग छ फरक फरक !
सानी छ उ हेर पुतली बेग्लै छ
उसको तडक भडक !!
थपडी उ पखेटाले बजाउँछ
फर्लाक्क फुर्लुक्क गरी सब हसाउँछ !
हँसिली सानी उ सवलाई नचाउँछ
सानी पुतली सव मन पराउँछ !!