भन्न्लाइ भन्ने गरिन्छ मनले प्रेम हुन्छ तर म बिस्वास गर्दिन प्रेम आखा बाट सुरु हुन्छ अनि मनमा गर बिलिन हुन्छ । जब एकअर्कालाई देखिन्छ मन पराइन्छ आकषिर्त भइन्छ अनि वात गरिन्छ तब मनमा प्रेम चड्दछ । शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ तब आँखा बन्द हुन्छ ।

त्यसैले त प्रेम अन्धो हुन्छ । सच्चा प्रेममा भए पछि न जातले छेक्छ । न भूगोलले रोक्छ । न धनले अड्कन ल्याउँछ न रुपले तगारो लगाउँछ । हुन लाइ प्रेम स्वत हुने कुरा हो तर कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ तब न प्रेम हुन्छ भन्ने लाग्दछ मलाइ हिजो आज फगत शारीरिक आकर्षण र पैसा धन सम्पत्ति बिकाउ भय झै भको छ । वस्तबिक प्रेमको कुरा आदर्श जस्तो मात्र भै रहेछ बस्तबिक प्रेम वा पैसा धन प्रतिको आकर्षण चिन्न गारो भको छ सम्बन्ध जुट्ने छुट्ने छिन नलाग्ने भको छ ।
कुनै पनि नाता सम्बन्धमा माया प्रेम र विश्वास आवश्यक पर्छ । जुन सम्बन्धमा माया र विश्वास हुँदैन त्यो सम्बन्धको आयु लामो हुँदैन । माया प्रेमले सम्बन्धलाई बलियो बनाउँछ भने विश्वासले सम्बन्धलाई अटूट बनाउँछ । तर हिजो आज सम्बन्धलाई धन सम्पति र पैसामा तुलना गर्न थालिएको छ । पैसाले आपसी प्रेम र विश्वासमा चोट पुर्याउँछ एक अर्काप्रति शंका गर्न र दूरी बढाउन सहयोग गर्छ । यस बारे प्रेम गर्ने जोडिले सोच्नु छ ।
जेहोस आज #प्रपोज_डे प्रेमको सुरुवात प्रपोज अर्थात प्रस्तावबाट सुरु हुने दिन । प्रस्ताव राख्नु भन्दा पहिले एको चोटि सोच्ने होकि ? निश्चय पनि कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नु होस । आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ छैन सोच्नु होस ।