थाहै नदि जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो,
कता-कता मन मुटुमा तिमी छायौ जस्तो लाग्यो ।
तिमी बिना एक्लो थियो संसार यो मेरा पनि,
आज भने तिमिले नै माया लायौ जस्तो लाग्यो ।
आज तिम्रा ती ओठमा मुस्कानको खेती देख्दा ,
मेरो साथले जिन्दगीमा खुसी पायौ जस्तो लाग्य
पढाइ नै जगत भन्दै ध्यान मग्न हुने तिमी ,
जिन्दगी नै भुली तिमी, त्यतै धायौ जस्तो लाग्यो ।।
नेपाली अनि अङ्ग्रेजीको संगितमा रम्ने तिमी ,
होकि हैन मुटु छाम्दै गित गायौ जस्तो लाग्यो ।।