कोपिला छु म फुलौलानि आमा

कोपिला छु म फुलौलानि आमा कसोगरी
सोर सिङ्गारमा सजियर म खुलौलानी आमा कसरी

ती डाडा कत्ती कत्ती अग्ला अग्ला हेरौ हेरौ
मै पनि सगरमाथाको उचाइ चुमौलानी आमा कसैगरि

त्यो चरी आकासमा माथि माथी उडिरहेछ
मै पनि धर्तिमाथि आकासमा उडौलानी आमा कसोगरि

घाम्को ताप अनि जुनले सितलता भरिरहेछ
मै पनि जुन झै सितलता छाउलानी आमा कसोगरि

कन्चन खोलिको पानी अबिरल बगिरहेछ
तर मै कसरी सोच्छ पानी बगाउलानी आमा कसोगरि

सानो झिल्कोले पोल्छ मलाइ डराउछ मलाइ
सबै याहा आगै आगो जीवन अगि बढाउलानी आमा कसोगरि |

Leave a Reply

Back To Top