हो न खोजेको हुन्छ न रोजेको हुन्छ ।
कस्तो जिन्दगी ? बस् सोच्दै नसोचेको हुन्छ ।
भुवाझै उड्छिन् यो सोच्छ खाल्परि
सम्हालि बुझाउन खोज्छु मन चोरेको हुन्छ ।
जिम्मेवारीको नाम्लो कहाँ बिसाऊँ
कर्तव्यबोध ठान्दाखेरी हात जोडेको हुन्छ ।
सपना त धेरै छन् आँखा भित्र,
तर हरेक बाटोमा काँडै काडा भेटिन्छ ।
आफ्नो सम्झि कतै रोइए पनि,
अगाडि बढ्न मनैले ब्याबहार मोडेको हुन्छ ।
संसारका अरुलाई दोष दिन सजिलो हुन्छ,
तर घाउ आफ्नै चित्तले भोगेको हुन्छ ।
हृदयमा धड्किएको पीडा सुनाइ दिने
साँचो साथी भेट्नै गाह्रो बुज्न अफ्ठेरो हुन्छ ।
कसैको हाँसोभित्र लुकेको हुन्छ वेदना,
कसैको मौनताभित्र जलिरहेको कथा हुन्छ ।
जीवन यस्तै हो, भोलि के होला ?
आजको धड्कनमै लेखिएको गाथा हुन्छ ।
बोक्रा भनेर हेला नगर साथि हो
बोक्रा पानी हेर उसले लाज छोपेको हुन्छ ।
– रोशन अधिकारी