‘मौनताको भारी’

रोशन

शब्दहरू बोल्दैनन्
तर पुराना गीतहरू गुन्जिरहेछन्।
मनभित्र कुनै लय छैन सिर्फ मौनताको भारी चदैछ ।
जुन दिनदिनै गहिरिँदै गएको छु ।

कसैलाई भन्न मन लाग्छ “म थाके” भनेर।
तर त्यही स्वर त्यो वाक्य आफ्नै घाँटीमा अड्किरहेछ !
त्यसैले मौन हुन्छ भित्र कतै कराउँदै ।

के यो पीडा हो? शायद होइन ।
यो त बाँच्ने बानी हो । भोलि लाइ साच्ने बानि हो ।
जहाँ पीडा साथी हुन्छ । आँसु नित्यकर्म बनि दिन्छ । कर्म पुरा गरी खोज्छु सोच्छु ।
जिबन ओरालो झरि दिन्छ ।

अनि सपना देख्छु उही मेरा
बिना अनुहारका मानिसहरूसँग
बिना आवाजका संवादहरू सँग
बिना गन्तव्यका यात्रिहरू सँग।
तर बिउँझिदा फेरि उही छ
उही कोठा, उही छत, उही साथ।

साँचै भन्नुपर्दा जीवन आजकल
कुनै किताबजस्तो छ । जसको पाना पल्टाउँदा
आँखा थाक्छन तर कथा अझै बाँकी हुन्छ।

तर भन्छु मलाइ बुझिदिनुहोस् म हार्ने मान्छे होइन।
भलेही म कम्जोर हुला तर आँखा अझै खुल्दै छन् ।
भोलिको लागी मन अझै चुपचाप सपना बुन्दैछन ।

Leave a Reply

Back To Top