बोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छ

बोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छ
मनमा माया खुल्दुली बिछ्ट्टै तिमीमा नै लाग्दै छ
अगि सम्म त सगै थियौ तिमी बल्लत छुटियौ
फेरि मनले तिम्रै सामिप्यता तिम्रो साथ माग्दै छ
बोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छ |

सामिप्यमा तिम्लाइ भेट्छु मन तरङ्गित हुन्छु
गदगदिलो भाब बोकि मनले खुसी लाई छुन्छु
मन्द मन्द शितल पवन बहिदिन्छ छोइ तरेलिमा
स्पर्शीत हर्शित आँखा रसाउछ्न तिनै परेलीमा
आउ तिमी फेरि आउ स्वप्निल स्वर सुनाउ
फेरिमनले तिम्रै सामिप्यता तिम्रो साथ माग्दै छ
बोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छ |

तिम्रो कुरामा नतमस्त भै भिजेका ति कल्पनाहरु
बिपना मै जियका हुन्छन उत्सब अटल चाहानाहरु
बोल्न नपाए पनि आवाज सुन्न हतारिने भावनाहरु
भेट्न नपाए पनि देख्न लाई बटारिने मेरा नजर हरु
धाउ तिमी फेरि धाउ साहसी मुटु ढक्ढकाउ
फेरिमनले तिम्रै सामिप्यता तिम्रो साथ माग्दै छ
बोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छ ||

Leave a Reply

Back To Top