जाडोको बेला पनि रुद्रप्रसादलाई गर्मी भइरहेको अनुहारले बताईरहेको थियो ।
यसैबीच साथी हरिप्रसादको छोरा अष्ट्रेलिया जानकोलागि मरिहत्ते गरेको थाहा पाएको कारण पटकपटक मोबाइलमा घण्टी बजे पनि उनले उठाएनन्।
केहीबेर पछि श्रीमतीको मोबाइलमा घण्टी बजेपछि भने,”नउठाउनु।”
रुद्रप्रसादले अत्यन्तै महँगो ब्याज तिर्ने गरी कतैबाट सापटी पाई बैंकमा पैसा जम्मा गरी फर्किरहेको बखत उनीहरू बीच बाटोमा जम्काभेट हुने बित्तिकै हरिप्रसादले हकारे,” मेरो फोनको पनि बेवास्ता गर्ने हैसियतमा पुग्नु भएछ है।”
रुद्रप्रसादको जवाफ रह्यो ,”हामी दुवैले मोवाइल साइलेण्टमा राखेकाले थाहा नभएर हो ।के काम थियोे कुन्नि ?”
हरिप्रसादले जवाफ दिए,” कसैले केही महिनाकोलागि ब्याज तिर्न नपर्ने गरी दुई लाख रुपैया मलाई राख्न दिएको थियो। ।तपाईंलाई खाँचो छ कि ठानेर फोन गरेको थिएँ।”
रुद्रप्रसादले भने,” म आपतमा परेको छु,मलाई आजै दिनु न,दुई महिनापछि ब्याज सहित दिनेछु।”
उनलेे जवाफ दिए,” लक्ष्मीको कामै हो स्थिर नहुने ।फोन नउठाउनु भएपछि त्यो रकम अरुलाई दिइसकेँ नि!”
-खगेन्द्र बस्याल

