ए समय तेरो म सत्रु कि मित्र
तेरो म साथ दिन्छु के छ त भित्र
हो त जति म हिंड्न सक्दिन
म थाक्छु त थाक्दैनस
फरक यति।
ए समय ,
कति आनन्दले जिउथे म
यदि त नभए ।
हो तैले मलाई पर्खिदैनस
थाह छ तर कहाँ आइपुग्यो
फर्केर हेर्दैनस।
हिजो म बालक थिए
आज जवान बनाईस
थाहा छ मलाई भोलि
बुढो बनाउछस
तेरो बिस्वास छैन कि
मेरो तलाइ,
म पछ्याइ रहन्छु
त मलाई पर्खिदैनस।
थाहा छ मलाई तैले
फुटेको आखाले हेर्दैनस
तर तेरो साथ दिइन भने
मेरा यी आँखा पनि फुटाइ दिन्छस
ए समय ,
कति आनन्दले जिउथे होला म
यदि त नभए को भए
अब भन म तलाइ
सधै साथ दिन्छु
मलाई के दिन्छस उपहार
जे दिन्छस तेरो खुसी
बाटो चाहिँ देखाइदे
नबना है अन्धकार।।।।।
धर्मराज लुइटेल