रवि किरण बादलभित्र, मायाँ आँचलभित्र,
झिमिझम परेली ती, लुक्छन् गाजलभित्र
सारङ्गीका तारै तार, ~ कति मिठा धूनहरू
दादरा र झ्याउरे बाेल, लुकछन् मादलभित्र,
जीव अजीवका यात्रा, उर्जा पाउन्जेलका,
खपाखपी प्राणशक्ति, लुक्छन् चामलभीत्र
सकस हुन्छ पिंजडामा, जीवन व्यतित गर्दा,
कुक्कु काफल चरिवरी, लुक्छन् काफलभित्र
सतहमै कहाँ मिल्छन्, जीवनका सफलता,
हीरा माेती सून चाँदी, ~धरती खाडल भीत्र
पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)