जाल झेल ईर्ष्या रिस, पाेका हुन्छ पापी मन,

जाल झेल ईर्ष्या रिस, पाेका हुन्छ पापी मन,
लटर पटर कुम्ल्याउने, भाेका हुन्छ पापी मन

गुन गर्याे बैगुन तिर्छ, साेझाे भन्याे सुन्छ बाङ्गै,
मायाँ जती भर्याे चुहिने, डाेका हुन्छ पापी मन

काम सार्याे दु:ख बिर्स्याे, मुखराम बगली छुरा,
जतिखेरै छिर्के दाउकाे, धाेका हुन्छ पापी मन

फेद बसी जरै काट्छ, साथीसाथी नाता जाेडी,
निउँ पिउँमा डहिरहने, फाेका हुन्छ पापी मन

स्वार्थ सिद्धी लाेलाेपाेताे, खेतीपाती अचम्मैकाे,
नातै ताेडी निस्कीजाने~, ढाेका हुन्छ पापी मन

Back To Top