कुठाउँमा मनपेट, ~खाेलेरै बिग्रन्छ मान्छे,
कताकता एकाेहाेराे, टाेलेरै बिग्रन्छ मान्छे
शब्द बिना चुप हैन, हाे ख्याल पर आँचमा,
प्याच्चप्याची अपशब्द, बाेलेरै बिग्रन्छ मान्छे
खान पाए आहाहाहा,~कति धेरै मित्रहरू,
उल्फा धन फुपूश्राद्ध, ढाेलेरै बिग्रन्छ मान्छे
काेही कतै आकाशबाट, खसी ठूलाे भाकाेहैन,
छलछाम वंश इज्जत, ~पाेलेरै बिग्रन्छ मान्छे
पहिचानी बँचाईमा, ~~शान हुन्छ स्वाधिनता,
पराधिन भै परपाऊ, ~ ~माेलेरै बिग्रन्छ मान्छे
पुन्य प्रसद घिमिरे ( फेस्बुक कबि)