वर्तनवाती सम्बन्ध कहाँ? दीयाेबाट छुटेपछि

वर्तनवाती सम्बन्ध कहाँ? दीयाेबाट छुटेपछि,
परिवारमा मिलन कहाँ, मियाेबाट छुटेपछि

सन्तानकाे रेखदेख? अभिभावक कर्तव्य,
बालबालिका मनलागी, चियाेबाट छुटेपछि

लगनगाँठाे कसेपछि, दन्तबजान गर्नु किन?
डण्डी पनि एकलिन्छ, बियाेबाट छुटेपछि

जराकाण्ड पातफल, सबकाे आफ्नै अस्तित्व,
झम्झमाउँछन् नसाहरू, फियाेबाट छुटेपछि

लामाे भनी के गर्व र? फूर्ती गर्नु बेकार छ,
धागाे हुन्छ असरल्लै, सियाेबाट छुटेपछि

फेस्बुक कबि पुन्य प्रसद घिमिरी
बैत्यस्वर ६ दोलखा

Back To Top