ईतिहास कोर्नेछन…

निर्लज्ज कानुन मिच्नेहरु शासक छन
सुशासनको पाठ पाठ घोकाउ छन
आगत विगतका नजिर
केस्रा केस्रा केलाउछन
नैतिकता, सुशासनका परिभाषा दिन्छन
नम्र मृदुल आवाजमा उच्च ठहरिन्छन
रोक्छन, छेक्छन कानुन ठेली लेख्छन
जनमतको अनादरमा फेरि यी लेख्छन
ब्युटिएका जन आशा
उष्न उभारका जन आवाजहरु
तिलाञ्जली दिलाउनुछ जनशक्तिहरु
बूढो बाघ गर्जनमै,
तर्साउनु थर्काउनु लडाउनु छ
निभ्न लागेका मैनबत्तिको ज्योतीमा
थाहा छ, बल पुर्वक बल्ने चाहनाहरु
धिपधिपमै उज्यालिएका ज्योतिहरु
खोतल खातलमा थोपा खोज्नेहरु
निर्लज्ज गणपूरक खेल भएको छ यहाँ
डाा्मेका छामेका हामेका मतले जितेका
एक भएका छन रे, यो ताजा लेखेका
अर्का टेढा आँखा लाउछन, स्वार्थका
दुई जिब्रो बराबर यिनले ल्याएका
इन कुरा साँचो हो भन्दैथे,
कोसेलीले भरेछ
डस्दै!, साक्षि प्रमाण आफै बसेछ
होइन कुरा साँचो हो भन्दैछन रे!
लेखेकाले देखे फेरि लेख्दैछन रे!
पाएर पद, आँखानै रतन्धो भए रे!
बग्नु पर्ने!, अर्कै बिचरा बगेछन रे!
निराशा आक्रोशितलाई उछाले छ
राष्ट्र अपमानमै गोली दागेछ फेरि
शक्ति आडमा
यो रेडियो नेपाल हो बोलेछ
यिनका यन्त्र कति स्वतन्त्र बडा
हो, होइन थाहा भएन
न कारण न यथार्थता सक्यो
मैले भने धन्यबाद
निलो सफा बर्दीको सान भो
सत्य सेवा सुरक्षणम गौरव गान भो
फेरि, लेख्छन अर्को अध्याय यहाँ
बिष बमन, यिनी दसेछन, फसेछन्!
अपिल छ न्याय पाइन्छ यहाँ?
सकुन्ज्याल घुमाएकै हो, दाऊहरु
खाललेनै धोका दियो, के गरौं
सुन्दैछु,
सुन पानिले आमन्चन गर्दैछ
मृदभाषिमा लेखेका नजिरहरु
नैतिकताको आगोले जल्यो रे!
लेख्ने मान्छे मरे कस्ले लेख्छ रे!
लेख्ने मरे कहि छैन
देख्ने, लेख्ने, सुन्ने र भन्ने छन
गर्ने छन,
आधुनिकतामा ईतिहास कोर्नेछन
स्टन गरि गरि जेल कोच्नेछन
गोहिको आँशु झार्नेलाई कोच्नेछन
जय नेपाल…
https://youtube.com/@nabinpatjhar151?feature=shared

Back To Top